फुर्सदमा ‘झाँक्री’

पाेखरा | असार १७, २०७९

फुर्सदमा ‘झाँक्री’


पोखरा :       निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्री पदमुक्त भएपछि फुर्सदमा देखिन थालेकी छिन् । 

 

नेकपा एकिकृत समाजवादीका सांसद तथा नेता रामकुमारी झाँक्रीले मन्त्री पदबाट मुक्त भएपछि गत बुधबार टिकटक लाइभमा आइन् । उनले आफु ९ महिनापछि टिकटकको लाइभमा आएको बताउदै समर्थकमाझ गिफ्ट पनि मागिन् । अहिले उक्त  भिडियो सामाजिक सञ्जालमा भाइरल छ । 

 

टिकटक लाइभमा समर्थकले सांसद झाँक्रीलाई अबको प्रदेश तथा संसदीय निर्वाचनमा कहाँ देखि चुनाब लड्ने भनेर जिज्ञासा राखेको देखिन्छ । उनले सो प्रश्नको उत्तरमा सर्मथकहरुले नै सल्लाह सुझाव दिन आग्रह गरेकी छिन् । 

 

टिकटक लाइभमा १ हजार भ्यूअर पुगेपछि उनले भनिन्, अरु सामाजिक सञ्जाल भन्दा टिकटक लाइभमा आम–सर्वसाधारणसँग जोडिन सजिलो हुने भएकाले ९ महिना पछि टिकटक लाइभमा जोडिएकी छु । 

 

उनको लाइभमा एक समर्थकले माकुनेको खबर के छ?  भनि कमेन्ट गर्दा प्रतिउत्तरमा उनले त्यसो त नभन्नुस्न साथी हो । भन्दै जवाफिएकी छिन् ।
उनलाई केही समर्थकहरुले एमालेमा फक्रिन आग्रह गरेका छन् भने केहीले समाजवादको नारा नछोड्न आग्रह गरेका छन् । सांसद झाँक्री नेकपा विभाजनपछि नेकपा एकिकृत समाजवादीबाट शहरी विकासमन्त्री भएकी थिइन् ।

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्